काठमाडौं, १ असोज । भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनविरुद्ध नयाँ सहमति गरेको खबर बाहिर आएको छ ।
भारतको एक दैनिक पत्रिकाले शनिबारको अंकमा नेपालका प्रधानमन्त्री र प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शुक्रबार भएको भेटमा नेपाल चीनबाट टाढा रहने सहमति भएको दाबी गरेको छ ।
शीर्षकमै उसले लेखेको छ- ‘नेपाल में नहीं गलेगी चीन की दाल ।’ यसैगरी उपशीर्षकमा लेखेको छ- ‘प्रधानमन्त्री मोदी से वार्ता मे नेपालके पीएम प्रचण्ड अब चीन से दूरी पर सहमत ।’
यो समाचारमा नेपालमा बढ्दो चिनियाँ प्रभाव कम गराउन र भारतविरोधी भावनामा न्युनिकरणका लागि दुई देश मिलेर जाने सहमति भएको पनि उल्लेख छ ।
संयुक्त विज्ञप्तिमै भएको कुरा आयो
यसअघि नेपाल र भारतका प्रधानमन्त्रीको संयुक्त वक्तव्यमा पनि घुमाउरो भाषामा नेपाल चीनसँग टाढा हुनुपर्ने संकेत गरिएको छ । वक्तव्यमा नेपाल भारत सम्बन्धलाई ‘पृथक सम्बन्ध’ भनेर चीनलाई टाढा भन्न खोजिएको छ ।
चीनविरुद्ध नयाँ सहमति, भारतलाई समर्थन
यसैबीच प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी मोदीसँग राष्ट्रसंघ सुरक्षा परिषदमा नेपालले भारतलाई समर्थन गर्ने सहमति गरेका छन् । संयुक्त वक्तव्यको बुँदा नम्बर ११ मा यो कुरा उल्लेख छ ।
राष्ट्रसंघ सुरक्षा परिषदमा चीनले भारतलाई स्थायी सदस्यताका लागि भिटो प्रयोग गरी रोक्दै आएको छ । चीनको छिमेकी नेपालले उसको मान्यताविपरित भारतलाई दक्षिण एसियाली मुलुकबाट औपचारिक रुपमै समर्थन गरेको हो ।
हेर्नुस् भारतीय पत्रिकाको समाचारः

WATCH MORE VIDEOS