Latest Updates :

बस दुर्घटनाः मृतकको सङ्ख्या २५ पुग्यो

SHARE THIS POST :
सिन्धुलीबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना हुँदा ४२  जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २८ जना पुरुष र १४ जना महिला छन्। बीपी यातायातको ना३ख ९४१२ नम्बरको उक्त बस बिहीबार बिहान साढे १० बजे झाँगाझोली-४ मूलकोट सडकखण्डमा करिब ५ सय मिटर तल सुनकोशी नदी किनारमा खसेको थियो। मृत्यु हुनेमा सिन्धुली भद्रकाली बस्ने बस चालक प्रेम थापा, सिन्धुली भिमेश्वर-७ बस्ने युवराज श्रेष्ठ, सिन्धुली

भिमेश्वर-८ बस्ने खुस बहादुर श्रेष्ठ, सिन्धुली कमलामाई नगरपालिका-३ बस्ने विकास परियार र उदयपुर बस्ने सिंह बहादुर खड्काको घटनास्थलमै मृत्यु भएको थियो भने सिन्धुली पुरानो झाँगाझोली-९ बस्ने ३५ वर्षीय वीरबहादुर तामाङको धुलीखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो। अन्य मृतकहरुको हालसम्म सनाखत हुन सकेको छैन। दुर्घटनामा घाइते भएका १५ जनालाई उपचारको लागि बनेपा र काठमाडौं लगिएको छ। घाइतेमध्ये हाल वतन नखुलेकी रस्मिता श्रेष्ठ, सिन्धुली सिद्धेश्वरी बस्ने २५ वर्षीय बाबुलाल योन्जन, सिन्धुली रतनचुरा-९ बस्ने ३० वर्षीया जानुका श्रेष्ठ र काठमाडौं हाँडीगाउँ बस्ने १८ वर्षीया आशा श्रेष्ठको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। सिन्धुली तिनकन्या-८ बस्ने ३६ वर्षीय नारायण मगर, सिन्धुली डाडीगुरासे-६ बस्ने २४ वर्षीय बद्री गौतम, काभ्रे पात्लेखेत-८ बस्ने ३० वर्षीय जेठो मेजार, सिन्धुली बन्दीपुर बस्ने १५ वर्षीया करुण तामाङ, रामेछाप खिम्ती बस्ने ३२ वर्षीया कल्पना दर्जी, सिन्धुली रानीखोला बस्ने १५ वर्षीय कुवर मगर, सिन्धुली भद्रकाली-३ बस्ने २५ वर्षीय हिमाल तामाङ, कमलामाई नगरपालिका-८ बस्ने २५ वर्षीय कपिल पोखरेल, रामेछाप कठजोर–१ बस्ने डेढ वर्षीया स्वस्थि केसी, रामेछाप कठजोर-१ बस्ने २६ वर्षीय रमेश खत्री भने सामान्य घाइते भएका छन्। सामान्य उपचारपछि सिन्धुली डाडीगुरासे-६ बस्ने ६ वर्षीय रञ्जित गौतम डिश्चार्ज भएका छन्। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सिन्धुली, इलाका प्रहरी कार्यालय खुर्कोट, प्रहरी चौकीहरु रातमाटे, दुम्जा, सशस्त्र प्रहरी बल वेश क्याम्प सिन्धुली र नेपाली सेनाको टोली खटिई उद्धार कार्य गरिरहेका छन्। बस घटनास्थलमा पुर्णरूपमा क्षति भई टुक्रा-टुक्रा भएको अबस्थामा छ। उकालो सडक र क्षमता भन्दा बढी यात्रुका कारण बस अनियन्त्रित भई दुर्घटना भएको बुझिएको छ भने यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ।

WATCH VIDEOS

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger