Latest Updates :

छाती मेरो मर्जी अरुको

SHARE THIS POST :
म मोटी केटी थिएँ मेरा छाती  मेरै उमेरकी केटी भन्दा चाँडै विकसित भए । ११ वर्षको उमेरमा मलाई  एउटा ब्राको जरुरी भयो । मेरी आमाले सदा यसलाई पहिरन अह्रानुभयो । अहिले पनि आमा त्यसरी नै कराउनहुन्छ, ‘सेप खराब होला ।’सेप भनेको के ? इमान्दारीका साथ भनूँ छातीको सेप बारे मलाई थाह नै थिएन जब थाहा पाएर म छातीलाई सुन्दर बनाउन थाले तब

महिलाको एउटा अंग बाँध्ने(ब्रा)लाई सेक्सी भनिनु भ्रमपूर्ण प्रचार हो । ब्रालाई अक्सर सेक्सी भनिन्छ ।
अबहाम्रो स्तन हाम्रो रहेन, पवित्रता, पाप वा लाजका कारण । मेरो स्तनका लागि सधैं आमाको अनुमति जरुरी भयो । कहिल्यै मैले मेरा स्तन मेरा अनुसार राख्न पाइनँ । मेरा बा र छिमेकीको उपस्थितिमा मैले ब्रा पहिरनै पर्ने भयो । उनीहरुका अघि म कहिल्यै भित्र ब्रा नलाएर बाहिर अर्कै लुगाका साथ पनि उपस्थित हुन सकिनँ ।
मेरा स्तनलाई सार्वजनिक सवारीमा पुरुषबाट सुरक्षाको जरुरी भयो, जसले मलाई अपनमान गर्न चाहन्छ । मेरा सबै प्रेमी, जो मेरा स्तनको तारिफका गरेर कहिल्यै थाकेनन् । उनीहरु मेरा स्तनप्रति दिवाना थिए ।
म कल्पना गर्थें कि मेरा सन्तान कस्ता होलान्, जब मेरा सन्तान हुन्छन् उनीहरु मेरो छातिसँग जोडिएका स्तनको दूध पिउँछन् । उनीहरुले स्तन गिलो बनाइदिए वा दाँतले टोकेर, नंग्राले चिथोरेर निशान बनाइदिए के होला ! किन स्तनका बारेमा पुरुषको कल्पना पनि यसैगरी उनीहरुकी आमाका साथ जोडिएर सुरु हुँदैन ?

सबै महिलाको स्तन सिर्फ पुरुषको आवश्यकतता र उनका इच्छाका लागि हुन्छन् ।
हरेक केटीको नारीत्वको दुःखपूर्ण यात्राको सुरुवातको प्रतिक हो स्तन ।  हाम्रा स्तनलाई किन सिर्फ शारीरिक नजरले मात्रै हेरिन्छ, यसमा अरु केही छैन ?
किन हरेकले शरीरको यो भागमाथि दावी गर्न चाहन्छ ?
मैले यो कुरा बुझिरहेकी छैन, एक महिला अर्की महिलालाई किन भन्छे, ‘तिम्रा स्तन साह्रै सुन्दर छन् ।’ वा उत्साहका साथ कराउँछे– वाह, हेर त कति राम्रा स्तन !’

WATCH MORE VIDEOS

ठीक यसैगरी सिलिकन इम्प्लान्ट हामी सिर्फ पोर्न स्टार वा हिरोइनका कामका सम्झिन्छौं । किन फ्ल्याट छाती भएकी महिलालाई ‘म्यानचेष्टर’ भनिन्छ ?
नग्नता संस्कृतिकै नयाँ लाजलाग्दो अवधारणा हो । पहिले यसलाई कला र उत्साहका रुपमा लिइन्थ्यो ।
वास्तवमा यो पनि भनिन्छ ब्लाउजको प्रचलन आउनुअघि महिला माथिको कपडा पहिरदैनथे । महिला टपलेस रहेकोमा लाज पनि मान्दैनथे । प्राचीन मूर्ति हेर्नुहोस् एकपल्ट, तपाईंहरु थाहा पाउनुहुनेछ म के भन्ने चाहन्छु ?
१८–१९औं शताब्दीमा महिलालाई स्तन ढाक्न मनाही थियो । ब्राह्मण छाडेर कोही पनि हिन्दू महिला आफ्ना स्तन छोप्ने बारेमा सोच्दैनथे– यस्तो गर्दा शालिनता गुमाएको आरोप खेप्नुपथ्र्याे । उच्च जातिकी महिला भने एउटा सेतो कपडाल स्तन छोप्न सक्थे  । १९ औं शताब्दीसम्म भारतको त्रावणकोर, कोचीन । मालाबारमा कुनै महिलालाई आफ्ना स्तन छोप्ने अनुमति थिएन । अय्या वैजुंदरकोअ सर्थनमा केही समुदायले महिलाले पनि माथिल्लो शरीरमा समेत कपडा लगाउन पाउनुपर्ने भनेर लडाइ नै गरे । यसको प्रतिरोधमा १८१८मा उच्च जातिकाले हमला नै गरेका थिए । विभिध लडाइँका बाजुद १६ १५९मा मद्राका गर्भनरको दबाबमा त्राणकोरका राजाले घोषण गरे– सबै महिलाले माथिल्लो शरीरमा पनि लुगा लगाउन पाउनेछन् । तर, एउटा शर्त थियो, उच्च जातिका महिलाको पहिरनसँग मेल खानुहुँदैन ।
आज हामी अर्काे एउटा लडाइँ लडिरहेका छौं ।

यो सामग्री उनले नियमित लेख्ने आईचोक.इनबाट नेपाली रुपान्तरण गरिएको हो । फरक मत राख्ने रुचाउने लेखिका उपन्यासकार समेत हुन् । (स्वास्थ्य खबरबाट)

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger