नेपाली युवालाई मृत्युदण्डको फैसला
दुवईको आबुधावीमा घरेलु कामदारका रूपमा काम गरिरहेका राईलाई पाकिस्तानी नागरिक बङ्गाल खानको हत्या गरेको आरोपमा यसअघि त्यहाँको तल्लो अदालतले मृत्युदण्डको फैसला गरेका थिए ।
जिल्लाको मत्स्यपोखरी गाविस–३ निवासी राईको मृत्युदण्ड हुने भएपछि उनको आयबाट आश्रित ७५ वर्षीय बुबा भीमप्रसाद, ५७ वर्षीया आमा डिकमाया, श्रीमती रविता र नाबालक छोरी रितु न्यायको खोजीमा काठमाडौँ आएका हुन् ।
नारदकुमार राईले युवक राईको जीवनरक्षाका लागि सञ्चारमाध्यम, राज्य तथा मानवअधिकारकर्मीले पहल गरिदिन आग्रह गरे । सभासद् तारामान गुरुङले राईको जीवनरक्षाका लागि आफूले आफ्नो पार्टीमा आवाज उठाउने वचन दिँदै उसलाई सकुशल नेपाल फर्काउन सबै लाग्नुपर्ने बताए ।
अर्का सभासद् दीपक खड्काले निर्दोष राईलाई त्यहाँको अदालतले फसाएको दाबी गर्दै नेपाल सरकार गम्भीर भएर लाग्नुपर्ने र परराष्ट्र मन्त्रालयमार्फत पहल गर्नुपर्ने बताए ।
मेलम्चीको सुरुङ खन्न अब ८ किमि मात्र
आयोजनाका कार्यकारी निर्देशक घनश्याम भट्टराईका अनुसार, करिब ८७ प्रतिशत काम पूरा भएको छ । ‘ठेकेदारले दैनिक ४० मिटर सुरुङ खन्ने प्रतिबद्धता जनाएको थियो । सोहीअनुरूप काम भइरहेको छ,’ उनले भने, ‘अब उपत्यकावासीले चाँडै पानी पिउन पाउँछन् ।’
२०७४ असोजमा मेलम्चीको पानी राजधानीका धारामा वितरण हुने सम्भावना रहेको उनले बताए । नाकाबन्दी र भूकम्पले निर्माणमा ढिलाइ भएको भन्दै उनले सुन्दरीजल र सिन्धुपाल्चोकको सिन्धुबीचको सुरुङ जोडिन १ किमि बाँकी रहेको बताए ।
यसअघि सरकारले २०७३ वैशाख १ गते उपत्यकामा पानी ल्याउने जनाए पनि भूकम्प र भारतको नाकाबन्दीले काममा ढिलाइ भएको थियो । सुरुङ निर्माण ठेक्काको म्याद आउँदो असोजमा सकिँदै छ । मुख्य सुरुङ खन्ने काम तीव्र गतिमा अघि बढेको निर्देशक भट्टराईले बताए । ‘सुरुङसँगै पाइप बिछयाउने र पानीपोखरी निर्माण पनि तीव्र रूपमा अघि बढिरहेको छ,’ उनले भने, ‘अब समस्या छैन ।’
उनले सुन्दरीजलमा खानेपानी प्रशोधन केन्द्रको निर्माण ९५ प्रतिशत पूरा भइसकेको बताए । केन्द्रले दैनिक ८ करोड लिटर प्रशोधन गर्नेछ । तर, १७ करोड लिटर पानी प्रशोधनका लागि उक्त केन्द्रको क्षमता अपुग हुने उनले बताए । ‘अर्को निर्माणका लागि पनि छलफल गरिराखेको छौं,’ उनले भने, ‘खानेपानी वितरण सञ्जालका साथै घर–घरमा धारा जडान प्रक्रिया पनि तीव्र रूपमा अघि बढेको छ ।’
मेलम्ची खानेपानीअन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख त्रिरेशप्रसाद खत्रीले वर्षाका कारण केही काम रोकिएको भन्दै अब तीव्र रूपमा अघि बढ्ने बताए ।
रिङरोडभित्रको अधिकांश स्थानमा शाखा पाइप लाइन जडान कार्य सकिएको उनले बताए । महाराजगन्ज, विशालनगर, स्वयम्भू र कालीमाटी क्षेत्रको करिब ३ सय ४० किमिमा पाइप बिछ्याउने कामका लागि खरिद प्रक्रिया अघि बढेको छ ।
यसको काम आउँदो पुस, माघदेखि हुनेछ । सडक विभागसँग पाइप बिछ्याउन नयाँ सम्झौता भएको उनले जाकारी दिए ।
लामो समयदेखि राजधानीवासीको प्रतीक्षा बनेको मेलम्चीको पानी उपत्यकामा समानुपातिक वितरणका लागि ४९ हजारभन्दा बढी घनमिटर क्षमताका ९ वटा पानी ट्यांकी निर्माण हुने खत्रीले बताए । रिङरोडभित्रका लागि ६ र बाहिरका लागि ३ वटा पानी ट्यांकी निर्माण हुनेछन् ।
रिङरोडभित्रका लागि आरुबारी, महांकालचौर, बाँसबारी, बालाजु, पानीपोखरी र खुमलटारमा तथा बाहिरका लागि कोडकु, सल्लाघारी र धोबीघाटमा ट्यांकी निर्माण गरिनेछ । पहिलो चरणमा रिङरोडभित्र, दोस्रो चरणमा कीर्तिपुर, भक्तपुरको टिंगनी र कटुन्जेलगायत स्थानमा पानी वितरण गरिनेछ । खत्रीले रिङरोडबाहिर भने २ वर्षपछि पानी वितरण गरिनेछ ।
उपत्यकामा जडान गरिने ८० हजार धारामध्ये ३३ हजार जडान गरिसकिएको छ । मेलम्चीबाट आउने दैनिक १७ करोड लिटर पानी उपत्यकाका ३५ लाखभन्दा बढी जनतालाई वितरण गरिनेछ । हाल उपत्यकामा दैनिक ३८ करोड लिटर पानी आवश्यक भए पनि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले १२ करोड लिटर मात्र आपूर्ति गर्दै आएको छ ।