सुनसरीको नरसिंहमा धानखेतमा सम्भावित पेट्रोलियम पदार्थको खानी भेटिएको छ ।
धान खेतमा जमिन मुनीबाट मूल जस्तै जरी तरल पदार्थ निस्किइरहेको छ भने बाहिर निस्किएको तरल पदार्थ पानीमाथी तैरिने गरेको छ । स्थानीय बासिन्दाका अनुसार उक्त तरल पदार्थ डिजेलको गन्ध जस्तो छ । उक्त खेतमा अहिले पूरै डिजेलको गन्ध आइरहेको र सम्भावित पेट्रोलियम पदार्थ बाहिर निस्किरहेको स्थानीय मोताहिर मन्सुरीले बताए ।शुक्रबर दिउँसोदेखी जमिन मुनीबाट तेल निस्कीएर धान खेतको पानीमा तैरिदै बग्न थालेपछि पूरै धान खेती नष्ट हुने भन्दै स्थानीयले तेल निस्किएको प्वाल माटो हालेर पुरेका छन् ।
त्यस स्थानमा जिल्ला प्रहरी कार्यालय सुनसरी बाट प्रहरी सहायक निरीक्षक दिलीप चौधरीको नेतृत्वमा सुरक्षा टोली खटिएको छ ।