Latest Updates :

विवाहमा सामान्य विवाद हुँदा आफ्नै सहकर्मीको हत्या>> जंगलमा गाडेको अवस्थामा शव फेला

SHARE THIS POST :
फाइल तस्विर कोहलपुर / आफ्नै सहकर्मीको हत्या गरी जंगल नजिककैको स्थानमा गाडेको अवस्थामा नौवस्तामा एक युवकको शव फेला परेको छ। असोज १७ गते गाउँकोे विवाहमा भएको सामान्य विवादपछि नौवस्ता-७ सुतैयाका १७ वर्षीय सुवास शाहीको हत्या गरी शव खाडलमा गाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

सहकर्मी साथीहरुले १७ गते विवाहमा भएको झगडापछि हत्या गरी शव गाडिएको प्रहरीले पुष्टि गरेको छ। सहकर्मी साथी दिनेश महत र नन्दबहादुर खत्रीसँगको झगडापछि उनीहरुले हत्या गरेको पाईयो, ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुरेशप्रसाद काफ्लेले बताए।

उनीहरुले धारिलो हतियार प्रयोग गरि शाहीको हत्या गरेको उनले बताए। १७ गते राति ११ बजे झगडा परेपछि खत्री र महतले बञ्चरो प्रहार गरी हत्या गरेको चोट भेटिएको उनले जानकारी दिए। मृतक शाहीको मुटुमा बञ्चरो प्रहार गरी भएको ६।४ सेन्टिमटिर चौडा घाउ देखिएको छ। हत्यामा संग्लन मुख्य अभियुक्त दुवै जना फरार रहेका छन्। प्रहरीले विवाहको बेला भएको झगडामा शाहीको हत्यापछि अनुसन्धानका क्रममा १० जना नियन्त्रणमा लिएको छ। उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान भैईरहेको डिएसपी काफ्लेले बताए।


बिहीबार दिउँसो स्थानीय जंगलमा माटो खन्न गएका बालबालिकाले माटो खन्ने क्रममा खाडलमा गाडेको शव फेला पारेका थिए। प्रहरीले सूचना लगत्तै शवको उत्खनन गरी पोष्टमार्टमका लागि भेरीअञ्चल अस्पताल पुर्याएको छ। १७ गते हत्या भए पनि गाउँलेबाट हत्या घटना र शव लुकाउनु रहस्यमय रहेको प्रहरीको भनाई छ। चार दिनसम्म घटना लुकाउनु रहस्यमय भन्दै प्रहरीले हत्याका अभियुक्त दुई भेटिए पनि अन्यको पनि संग्लन हुन सक्ने बताएको छ। अाजकाे नागरीक दैनिकमा खबर छ ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger