Latest Updates :

गर्भवति अबस्थामा यौन सम्पर्क गर्न हुन्छ या हुन्न हुन्छ भने कसरी गर्ने ?

SHARE THIS POST :




- डा राजेन्द्र भद्रा

मंसिर ९, २०७३-

म गर्भवती छु, तर पनि मेरा श्रीमान्ले यौनसम्पर्क गरिरहन्छन् । के यसले कुनै नकारात्मक असर गर्छ ? ३६५४                                                                गर्भावस्थामा यौनसम्पर्क राख्नु हुन्छ कि हुँदैन भन्ने कुरामा धेरै दम्पती चिन्ताले पिरोलिइरहेका हुन्छन् । गर्भस्थ शिशु वा महिलालाई केही नकारात्मक असर पर्ला कि भन्ने चिन्ता हुनु स्वभाविक पनि हो, तर यो प्रश्नको जवाफ भने सजिलै पाइँदैन, किनभने यस विषयमा झट्ट कसैसँग सोध्न सकिँदैन अनि नसोधी कसैले राम्रोसँग यस विषयमा जानकारी पनि दिँदैनन् । चिकित्सा क्षेत्रमा लागेका व्यक्तिलाई पनि यौनसम्बन्धी कुरा गर्न असजिलो लाग्ने भएकाले यसमा खुलस्त तथा पर्याप्त मात्रामा चर्चा नगरिएको स्थिति छ, अर्थात् उचित जानकारीबिना चासो र चिन्ता लिएर त्यसै बस्नुपर्ने बाध्यता छ ।



गर्भावस्थामा यौनसम्पर्क राख्न हुन्छ ?
गर्भावस्थामा यौनसम्पर्क राख्न हुने–नहुने दुवै पक्ष छन् । यौनसम्पर्कका बेला पाठेघरको मुखमा लिङ्गले धक्का पुर्‍याउँदा वा महिलाले चरमसुख पाउँदा पाठेघर खुम्चने ९अयलतचबअतष्यल०, गर्भस्थ शिशुलाई छोपेर राख्ने झिल्ली च्यातिएर संक्रमण हुन सक्ने तथा शरीरमा आएको परिवर्तनले यौनसम्पर्क नै गर्न अप्ठ्यारो हुने भएकाले यौनसम्पर्क राख्नु उचित नभएको तर्क पनि पाइन्छ ।



तपार्इंले पनि यस्तै केही सुन्नुभएको हुन सक्छ, तर कतिपय चिकित्सक यसमा खास वैज्ञानिक आधार नभएको मान्छन् । मुख्य कुरा के हो भने स्वस्थ गर्भावस्थामा यौनसम्पर्क राख्न कुनै बन्देज छैन र आफ्ना यौन क्रियाकलापलाई सुचारु रूपमा अघि बढाउन सकिन्छ । सामान्य अवस्थामा महिला तथा गर्भमा रहेको शिशुमा नकारात्मक असर गर्दैन । एकपल्ट विचार गर्नुहोस् त, सामान्यत: कतिपय दम्पतीलाई पहिलो केही महिनासम्म त गर्भवती भए–नभएको कुरै थाहा हुँदैन तर यौनसम्पर्कलाई निरन्तरता दिइरहेका हुन्छन् ।


यौनसम्पर्कलाई निरन्तरता दिन किन आवश्यक ?
गर्भावस्थामा शारीरिक असजिलोपनको अनुभव, सुन्दरतामा कमी आएको वा आनकर्षक भएको अनुभव तथा गर्भमा भएको शिशुलाई हानि पुग्छ कि भन्ने डर आदि भावनाले यौनसम्पर्कमा नकारात्मक प्रभाव पर्छ र कतिपय व्यक्तिले यौनसम्पर्कको पूरा आनन्द प्राप्त गर्न सक्दैनन् । गर्भ रहेका कारण नै यौनसम्पर्क नराखिँदा पति–पत्नीबीच दूरी बढ्ने क्रमको सुरुवात हुने वा त्यसको सम्भावना बढ्ने हुन सक्छ ।



त्यसैले यतिबेला दम्पतीबीचको सम्बन्ध सुमधुर राख्न असल संचारको आवश्यकता हुन्छ । अरू बेला जस्तै गर्भावस्थामा पनि यौन क्रियाकलाप शारीरिक सामिप्यताका लागि मात्र नभै भावनात्मक सामीप्यताको निरन्तरता यसका लागि निकै सहयोगी हुन सक्छ । हाम्रो समाजमा पुरुषहरूलाई गर्भ, प्रसव, सुत्केरी वा शिशुको हेरचारजस्ता कुराबाट टाढै राखिन्छ । यसले पुरुषहरू गर्भावस्थामा महिलामा हुने परिवर्तन वा अवस्था थाहा पाउने अनि आत्मसात् गर्ने अवसरबाट बञ्चित हुन्छन् ।




 यौन क्रियाकलापमा दुवैको संलग्नताले गर्भावस्थामा महिलामा आउने शारीरिक अनि तथा भावनात्मक परिवर्तनहरूप्रति जानकारी हासिल गरी यसप्रति संवेदनशील भए महिलाको शरीर तथा भावना बुझ्ने अवसर प्राप्त हुन्छ । यौनसम्पर्ककै कुरा गर्दा पहिले परम्परागत एकैनासे रूपमा यौनसम्पर्क भैरहेको भए यो अवसरमा नयाँ तरिका वा आसनहरूका बारेमा अन्वेषण गर्न तथा सिक्न सकिन्छ ।



सोअनुसार नै आफूलाई ढाल्न सके दम्पतीबीचको सम्बन्ध सुमधुर बनाउन, एक–अर्कामा शारीरिक तथा मानसिक दुवै किसिमले नजिक हुन तथा बुझ्न मद्दत मिल्छ । त्यसबाहेक यौनसम्पर्कबाट प्राप्त हुने चरमसुखका कारण पाठेघर तथा यौनाङ्ग क्षेत्रको मांसपेशीको कसरत भै ती मांसपेशी बलियो हुने अर्का थरीको तर्क छ ।


श्रीमान्ले यौनसम्पर्क राखिरहन्छन् ?
तपाईंले के भन्न खोज्नुभएको हो, त्यति स्पष्ट छैन । कुनै पुरुषले आफ्नी श्रीमतीसँग यौनसम्पर्क गर्नु स्वभाविक हो । सम्भवत: तपाईंसँग गर्भावस्थामा यौनसम्पर्क राख्नु हुन्न भन्ने सोच गढेको छ वा तपाईंलाई यौनसम्पर्कप्रति रुचि छैन । तपार्इंलाई थाहै होला, गर्भावस्थामा महिलाको शरीरमा हार्मोनको मात्रामा उतारचढाव आउँछ । यसले गर्दा यौनचाहना नहुने हुन्छ ।



यस्तो हुनु असामान्य होइन, तर कसै–कसैमा यौन रुचि बढ्न पनि सक्छ । गर्भावस्थामा यौनाङ्ग वरिपरि रक्तप्रवाह बढी हुने भएकाले तथा पूर्ण नारीत्वको अनुभव गर्ने तथा आफ्नो शरीरप्रति बढी जानकारी तथा चासो राख्ने भएकाले अझ बढी यौन इच्छा हुने र त्यसअनुरूपकै यौनआनन्द उठाउने गरेको पाइएका घटना पनि प्रशस्तै छन् । यतिबेला पनि यौन क्रियाकलापमा संलग्न हुन प्रयासरत हुनुपर्छ, यसका फाइदाका बारेमा त माथि नै भनिसकियो ।



के–के सावधानी अपनाउनुपर्ला ?
तपाईंले गर्भावस्थामा यौनसम्पर्क राख्न हुने कुरा त बुझिसक्नुभयो, तर सामान्य समयभन्दा गर्भावस्थामा यौनसम्पर्क राख्दा यौनसम्पर्क राख्दाको आसनका बारेमा विशेष ख्याल राख्नुपर्छ । कुन आसन सबैभन्दा राम्रो हुन्छ भन्ने कुरा आफैंले प्रयोग गरेर पत्ता लगाउनु नै सबैभन्दा राम्रो उपाय हो ।



पुरुष माथितिर रहने अवस्थाको सट्टा छेउतिर वा महिला पुरुष माथि बसेर वा पछाडिबाट गरिने आसन गर्भवती महिलाका लागि सजिला सावित हुन सक्छन्, तर कुनै पनि प्रयोगपछि आफ्ना श्रीमान् वा यौन साथीसँग कस्तो भयो भन्ने अनुभवका सम्बन्धमा कुराकानी गर्नुपर्छ । योनिमा लिङ्गको प्रवेश नै नगराई यौन आनन्द प्राप्त गर्ने वैकल्पिक उपायहरूको अवलम्बन पनि गर्भावस्थामा आनन्ददायक सावित हुन सक्छ ।


यदि यौनसम्पर्कपश्चात् योनि रक्तश्राव भए, पेट दुखे वा गर्भ तुहिन थालेको अन्य कुनै लक्षण देखिए वा योनिबाट पानी बगे यौनसम्पर्क राख्न तुरुन्त बन्द गर्नुपर्छ । दम्पतीमध्ये कसैलाई यौनरोग भएको आशंका छ भने त्यसको उपचार तथा कन्डमको नियमित प्रयोग आवश्यक हुन्छ ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger